आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु
समाधान संवाददाता
२०८१ चैत ४ गते १६:१४
मोरङ ।
मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा मंगलबार आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया