संबृद्धि सहकारीको २ आश्रमलाई खाद्यान्न सहयोग

समाधान संवाददाता २०८१ चैत ४ गते १७:०१

पोखरा ।
संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आइतबार पोखरा महानगरपालिका वडा नं. २७ का दुई आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

Advertisement


परमार्थनगर डाँडाकोनाकमा रहेको कृष्ण प्रणामी बृन्दाबन धाम र सहेले पाखामा रहेको कृष्ण प्रणामी बाल तथा बृद्धा आश्रमलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेको हो ।


संस्थाका सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले आश्रममा सहयोग गरेर संस्थाले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए । उनले आश्रममा फरक परिस्थितिबाट आईपुगेका बालबालिका र जेष्ठ नागरिकलाई गरिएको सहयोग पुण्यको कार्य भएको बताए ।


संस्थाका अध्यक्ष सुमन भट्टराईले कम अवसर प्राप्त गरेका नागरिकलाई संघसंस्थाले मात्र नभै व्यक्तिगत रुपमा पनि सहयोग गर्दा आनन्दको अनुभूति हुने उल्लेख गरे । उनले केही सहकारीका कारण सवै खराब हुन भन्ने भाष्य निर्माण भएको उल्लेख गर्दै, त्यसलाई चिर्न पनि सामाजिक उत्तरदायित्वका कार्यमा जोड दिनुपर्ने बताए ।


कृष्ण प्रणामी बृन्दाबन धाम परमार्थनगरका १०८ स्वामी विष्णु बशिष्ठले उदार मन भएकाहरुको सहयोगबाट आश्रमका बालबालिकाले गुरुकुलमा शिक्षा दिक्षा प्राप्त गरेको बताए ।

Advertisement


संस्थाका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, लक्ष्मीप्रसाद त्रिपाठी, गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी, महासचिव जानुका पराजुली, संचारकर्मी नवराज सापकोटा, परोपकार महासंघका कृष्णप्रसाद ढुंगाना, शेयर सदस्य गोपिचन्द्र बास्तोला, संस्थाका सचिव नवराज तिवारी लगायतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकालाई अध्ययन सहायता सामाग्री, गौशालामा सामाग्री बितरण, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको बताए ।


परमार्थनगरमा रहेको आश्रममा १४ जिल्लाका बालबालिका र सहेला पाखोमा रहेको आश्रममा जेष्ठ नागरिक र बालबालिका बस्दै आएका छन् । आश्रमले बालबालिकालाई लक्ष्मी आदर्श माध्यामिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया