पिएनमा निर्वाचन समितिको राजीनामा माग गर्दै क्याम्पस गेटमा टाँस्यो विज्ञप्ति

पाेखरा ।
पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न हुन सकेन । निर्वाचन गराउने निर्वाचन प्रक्रिया अस्वच्छ र अनियमित रहेको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) ले निर्वाचन समितिको राजीनामा माग गरेको छ ।
अखिल छैटौंले जारी गरेको विज्ञप्तिमा निर्वाचन समितिले निर्देशन विपरीत कार्य गर्दै निष्पक्षता कायम गर्न नसकेको गम्भीर आरोप लगाएको छ । संगठनले मतपत्रमा अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामपछि रेजा लगाउने बाकस नराखिएको, तालिका अन्य संगठनको मिलेमतोमा तयार पारिएको जस्ता गम्भीर त्रुटिहरू भएको जनाएको छ । ‘निर्वाचन समितिले बारम्बार स्ववियु चुनाव विथोल्ने प्रयास गरेको देखिन्छ । यस्तो स्थितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन । तसर्थ, वर्तमान निर्वाचन समितिले राजीनामा दिनुपर्छ र नयाँ समिति गठन गरी पुनः निर्वाचनको मिति घोषणा गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अखिल छैटौंले विद्यार्थीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन एकजुट हुन आग्रह गर्दै क्याम्पस प्रशासनलाई नयाँ निर्वाचन समिति गठनका लागि दबाब दिनुपर्ने जनाएको छ ।









सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया