स्याङ्जाको पौवेगौडेमा अस्थायी प्रहरी बिट स्थापना

स्याङ्जा । पुतलीबजार नगरपालिका ५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।
पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ती तथा तनहुँको शुक्लागण्डकी नगरपालिको बाबियाडाँष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुरयाउने उदेश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
प्रहरी चौकीको स्थापना गर्दै प्रतिनिधि सभा सदस्य राजु थापाले यस क्षेत्रका शान्ति सुरक्षा र अमनचैनको चौकी स्थापना गरिएको बताउँदै स्थानीय जनताको पनि सहयोग आवश्यक भएको बताए । यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, प्रजिअ सुनिता नेपाल, प्रहरी प्रमुख एसपी शालिग्राम शर्मा लगायतले प्रहरी चौकी स्थापनापछि यो क्षेत्र मदिरा, लागुपदार्थको दुव्र्यसनमुक्त क्षेत्र हुने विश्वास व्यक्त गरे ।
पुरानो स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रहरी बिटमा हबलदार ओमप्रकाश थापाको कमाण्डमा ४ जना प्रहरी छन् । प्रहरी चौकीका लागि १ थान मोटरसाइकल र आवश्यक बन्दोबस्तीका सामान वडा कार्यालयले उपलब्ध गराएको छ ।
प्रहरीका लागि आवश्यक पर्ने इन्धनका लागि मासिक १ हजार रुपैयाँ उपलब्ध गराउने स्थानीय समाजसेवी शैलेन्द्रजंग कार्कीले प्रतिबद्धता जनाउँदै एकमुष्ट नगद ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया