बर्ली एयर कुलर नेपालमा

पोखरा । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मी र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण पिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरियो । बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनका विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादन पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे ।
बर्लीका उत्पादन उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूका लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्छन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सिजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ । यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पु¥याउने उद्देश्य राखेको छ ।








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया