निर्वाचन समितिको त्रुटिले, क्याम्पसमा ताल्चा

पाेखरा ।
पृथ्वीनारायण क्याम्पस (पिएन)मा मंगलबार निर्वाचन समितिको गैर जिम्मेवारीपनले निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेन । स्ववियु अध्यक्षका लागि उठेका ८ सदस्य मध्ये एक जना उम्मेदवारको रेजा लगाउने बक्स नै छुटेपछि पिएन क्याम्पस दिनभर अशान्त बन्यो । मंगलबार विभिन्न ८ वटा विद्यार्थी संगठनले क्याम्पसमा ताल्चा लगाएका छन् ।
प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको रेजा लगाउने बक्स मतपत्रमा राखिएको थिएन । तालिका अन्य संगठनको मिलेमतोमा तयार पारिएको जस्ता गम्भीर त्रुटिहरू भएको अखिल छँटौंको आरोप छ ।
प्रतिस्पर्धामा उत्रेका अध्यक्षकै रेजा लगाउने बक्स छुटेपछि विद्यार्थीहरु दिनभर क्याम्पस गेटमा नारा जुलुस गरे । मतपत्रबाटै आफूहरुको उम्मेदवारीलाई पराजित गर्न खोजिएको उनीहरु आरोप छ । क्याम्पस प्रशासनले पनि समयमा अर्को मतपत्र छाप्न सकेन । अन्तत मंगलबारको स्ववियु निर्वाचन बुधबारका लागि सरेको निर्वाचन समितिले सूचना जारी गरेको छ । यद्यपि यो निर्वाचन हुनेमा संशय उत्पन्न भएको छ । किनभने, मंगलबार साँझ अखिल (छैटौं) ले निर्वाचन समितिको राजीनामा माग गरेको छ । ‘निर्वाचन समितिले बारम्बार स्ववियु चुनाव बिथोल्ने प्रयास गरेको देखिन्छ । यस्तो स्थितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन । तसर्थ, वर्तमान निर्वाचन समितिले राजीनामा दिनुपर्छ र नयाँ समिति गठन गरी पुनःनिर्वाचनको मिति घोषणा गर्नुपर्छ,’ अखिल छँटौैंको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन समितिले निष्पक्षता कायम गर्न नसकेको अखिल छैटौंको आरोप छ । अखिल छँटौंको मागलाई अन्य केही विद्यार्थी संगठनले पनि समर्थन गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारीको संयुक्त प्यानलले विज्ञप्ति टाँस्न मंगलबार क्याम्पस गेट पुगेका थिए । उनीहरुकै समर्थनमा निर्वाचन समितिको कार्यान्वयमा ताल्चा लगाइएको हो । ताल्चापछि निर्वाचन अनिश्चित बनेको छ । यद्यपि निर्वाचन समितिले मंगलबार मतपत्रमा त्रुटि भएको स्वीकारे गर्दै बुधबारको मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्ववियुको निर्वाचन मंगलबार बिहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भीर रुपले आत्मआलोचित भएको छ,’ निर्वाचन समितिको विज्ञप्तिमा भनिएको छ, ‘उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भयो । चैत्र ६ गते बुधबारका बिहान ८ बजे सुरु हुने जानकारी गराइन्छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’
यद्यपि आन्दोलित विद्यार्थीले अर्को निर्वाचन समितिको गठन नभई निर्वाचनमा सहभागी नहुने बताएका छन् । उनीहरुले ७२ घन्टा मौन अवधि राख्नुपर्ने माग गरेका छन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया