विलभयु फाउन्डेसनको विश्वव्यापी रक्तदान अभियान, १ सय ६४ युनिट रगत संकलन

पोखरा । अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनद्वारा आयोजित विश्वव्यापी रक्तदान अभियान पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार आयोजित उक्त अभियानमा १ सय ६४ युनिट रगत संकलन भएको हो ।
‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराका साथ सञ्चालित यो अभियान अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनको ७७८ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत आयोजना गरिएको थियो । कोरिया, थाइल्यान्ड, केन्या, अमेरिका, चिली लगायतका ६४ देशका साथै नेपालका सबै प्रदेशमा एकैसाथ यो अभियान सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले रगतको अभावमा हुने मृत्युलाई रक्तदानमार्फत रोक्न सकिने बताइन् । उनले रक्तदान गर्ने कार्यलाई निकै प्रशंसनीय भएको बताउँदै पोखराका केही स्थानमा रक्तदान केन्द्र स्थापना गर्ने प्रयास गरिने जानकारी दिइन् ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले विलभयु फाउन्डेसनले गरेको कार्यको प्रशंसा गर्दै पोखराका महेन्द्रपुल र पृथ्वीचोकमा स्थायी रक्तदान केन्द्र स्थापना गर्न आग्रह गरे ।
लालिगुराँस आमा समूहकी अध्यक्ष कृष्ण थापाले कार्यक्रम उत्कृष्ट रहेको बताइन् । विलभयु फाउन्डेसन गण्डकी प्रदेश संयोजक मैमान गुरुङले फाउन्डेसनले देश र समाजका लागि निरन्तर असल कार्य गर्दै आएको जानकारी दिए ।
सन् २००४ मा कोरियामा स्थापना भएको अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनले स्थापनाकालदेखि हालसम्म विभिन्न कार्यक्रममार्फत् ५२ हजार २ सयभन्दा बढी युनिट रगत संकलन गरिसकेको छ । फाउन्डेसनले रक्तदानका साथै वृक्षारोपण, विद्यालयमा सहयोग, वातावरण सरसफाइ, बाढीपीडितलाई सहयोग, भूकम्पपीडितलाई सहयोग र कोभिड–१९ जस्ता विपत्तिमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र कास्कीले प्राविधिक सहयोग गरेको थियो भने कार्यक्रमको सञ्चालन रसन्त श्रेष्ठले गरेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया