जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस’ को परीक्षण सफल

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।
केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डायलसिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो ।
डा श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिनका लागि गरिएको परीक्षण सफल भएको छ । विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउनेछौँ र स्वीकृति पाउन केही समय लाग्नेछ ।” सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमनपश्चात् नियमित सञ्चालन अनुमति पाउने उहाँले बताउनुभयो ।
यहाँ डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरिरहेका छन् । डायलासिस सेन्टर स्थापना भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताउनुभयो । रासस






जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया