‘नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ’

डुम्रे (तनहुँ) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”
पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उहाँको भनाइ छ । “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस







फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया