समाधानकर्मी थकालीलाई घरपझोङ गाउँपालिकाको सम्मान

समाधान संवाददाता २०८१ चैत ६ गते १४:५७

पोखरा । समाधानकर्मी सुन्दरकुमार थकाली सम्मानित भएका छन् । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिका लगायत समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले बिहिबार आयोजित गाउँपालिकाको पन्ध्रौ गाउँसभामा समाधानकर्मी थकालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

Advertisement

मुस्ताङ जिल्लाको सुशासन, समृद्धि र विकासका लागि विगत एक दशक अघिदेखि पत्रकारितामा सक्रिय थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

२०७० सालदेखि हिमाली जिल्ला मुस्ताङको कठिन भूगोलमा रहेर निरन्तर पत्रकारिता सक्रिय छन् । समाधानकर्मी थकाली यसअघि आदर्श समाज दैनिक, समाधान दैनिक, राजधानी दैनिक र ईमेज टेलिभिजनमा समेत जिल्ला सम्वादाताको रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय समाचार समिति (रासस),अन्नपूर्ण पोस्ट र समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् ।

यसैगरी शिक्षाक्षेत्रका योगदान पु¥याएवापत घरपझोङ—४ जोमसोमका शिक्षाप्रेमी जयन्द्रलाल थकालीलाई पनि घरपझोङ गाउँपालिकाले पन्ध्रौ अधिवेशनमा सम्मान गरेको छ । शिक्षाप्रेमी थकालीले २०२७ सालदेखि शिक्षण पेशा र ३ दशक बढी व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको समग्र भौतिक तथा शैक्षिक विकासमा याृगदान पु¥याएको उल्लेख गर्दै गाउँपालिका कार्यालयले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

घरपझोङ गाउँपालिका कार्यालयले पन्ध्रौ गाउँसभा अधिवेशनका क्रममा गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) तयार गरेको भन्दै घरपझोङ—५ ठिनीका स्थानीय निरज थकालीले नगद २० हजार रुपैयासहित प्रशंसापत्रद्वारा सम्मान गरेको छ । थकालीले गाउँपालिकाको विशेषताहरु झल्किने गरी लोगो तयार पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया