जनप्रकाशमा सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा

पोखरा ।
जनप्रकाश बहुमुखी क्याम्पस र प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको संयुक्त आयोजनामा स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी ’सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा करीब २०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडका डीपी प्रमुख एवं प्राविधिक विश्लेषक सूर्य खनालले आफ्नो अनुभव र ज्ञान विद्यार्थीहरूलाई बाँडेका थिए ।
कार्यक्रमका दौरान प्रशिक्षकले सेयर बजारको आधारभूत अवधारणा, लगानीका अवसरहरू, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, तथा बजार विश्लेषण सम्बन्धी विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरे । सहभागी विद्यार्थीहरूले सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी हासिल गर्न पाउँदा खुशी व्यक्त गरे ।
सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन नेहेप संयोजक युवराज लामिछानेले गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारको महत्व, लगानीका रणनीति, तथा दीर्घकालीन आर्थिक योजना बनाउने तरिकाबारे जागरुक गराएको सहभागीहरूले बताएका छन् । भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने योजनासमेत रहेको जनाइएको छ ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड, ब्रोकर नम्बर ३२ का सिनियर म्यानेजर एवं सूचना अधिकारी बलबहादुर थापाको प्रमुख आतिथ्यता साथै क्याम्पस सञ्चालक समिति अध्यक्ष विजयराज भण्डारी र प्रिमियर सेक्युरिटिज पोखरा शाखाका शाखा प्रबन्धक दीपक पौडेलको विशिष्ट आतिथ्यता थियो ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया