पोखरा १३ मा ज्येष्ठ नागरिक लक्षित शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १३ को आयोजनामा शुक्रबार ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ । पोखरा १३ वडा कार्यालय परिसरमा भएको कार्यक्रममा पोखरा नर्सिङ क्याम्पसले प्राविधिक सहयोग गरेको थियो ।
गण्डकी अस्पतालका डाक्टरहरुको उपस्थितिमा वडाका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरबाट ३ सयभन्दा बढीले सेवा लिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
‘ज्येष्ठ नागरिकलाई निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रम राखिएको थियो । यसमा पोखरा नर्सिङ कलेजले सहयोग गरेको छ,’ उनले भने, ‘वडाको तथ्यांक अनुसार ३४ सय जना ज्येष्ठ नागरिक छन् । हामी विभिन्न टोल टोलमा जाँदा विभिन्न समस्या देखिएकाले हामीले यो कार्यक्रम वडामै गरेका हौं ।’
शिविरमा संलग्न फिजिसियन डा सूर्य हमालले ज्येष्ठ नागरिकहरुमा विशेष गरी नसर्ने रोग सम्बन्धी बिरामीको स्क्रिनिङ गरिएको बताए । ‘विशेषगरी सुगर, प्रेसर, किड्नी लगायतमा पारेको असरका बारेमा र अहिलेको अवस्थामा के छ भन्ने चेक गरिएको छ,’ उनले भने, ‘नयाँ बिरामी पत्ता लागेका छन्, औषधी दिने काम गरिरहेका छौं ।’ जटिल समस्या भएका बिरामीलाई अस्पताल जानका लागि सुझाव दिइएको छ ।
शिविरमा सेवा लिएका सेवाग्राहीले वडाले गरेको कामबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए । आगामी दिनमा पनि वडाध्यक्ष र अन्य जनप्रतिनिधिको पहलमा यस्तै खालको कार्यक्रम गर्दै जानुपर्नेमा उनीहरुले जोड दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया