लायन्स क्लब अफ पोखरा सांग्रिलाद्वारा सराङकोटमा नेपाली मौलिक चौतारी निर्माण

समाधान संवाददाता २०८१ चैत ८ गते ११:१६

Advertisement

पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत लायन्स क्लब अफ पोखरा सांग्रिलाद्वारा निर्मित नेपाली मौलिक ढाँचाको सांग्रिला चौतारीको अनावरण समारोह सम्पन्न भएको छ। पोखराको पर्यक सराङकोटमा लायन्स सांग्रिलाले उक्त चौतारी निर्माण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम का लायन वर्ष २०२४/२५ का डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्याल थिए। चौतारीको अनावरण डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्याल, पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिम्सिना, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन गिरिधारी शर्मा र पूर्व डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल ले संयुक्त रूपमा गरेका थिए ।

उक्त कार्यक्रममा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर पीएमजीएफ लायन धनीराम बराल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन रत्न पराजुली, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन किशोर बराल, डिस्ट्रिक्ट सिग्नेचर प्रोजेक्ट चिप लायन बलाराम सुवेदी, डिस्ट्रिक्ट जिएसटी कोर्डिनेटर लायन जगन्नाथ तिम्सिना, क्लस्टर ३ का क्लस्टर चिफ लायन यादवराज पोखरेल लगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम का लायन वर्ष २०२४/२५ का डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्याल थिए।

चौतारीको अनावरण डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्याल, पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिम्सिना, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन गिरिधारी शर्मा र पूर्व डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल ले संयुक्त रूपमा गरेका थिए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १८ संगको समन्वयमा निर्मित यस चौतारीको लागत करिब ५ लाख रुपैयाँ रहेको जानकारी लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम का जोन चियरपर्शन अनिल लामिछानेले दिए । क्लबका सम्पूर्ण सदस्यहरूको सक्रियतामा निर्मित चौतारीमा बर र पिपलका बिरुवा रोपेर वडा कार्यालयलाई हस्तान्तरण गरिने समेत बताइएको छ।

वडाध्यक्ष शिवप्रसाद तिम्सिनाले लायन्स क्लबको कार्यको प्रशंसा गर्दै चौतारीले पर्यटकीय नगरी पोखरालाई अझ सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रमुख अतिथि चण्डीप्रसाद अर्यालले यस वर्षको उत्कृष्ट प्रोजेक्ट घोषणा गर्दै लायन्स क्लब अफ पोखरा सांग्रिलाको टिमलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश फर्स्ट भिपी लायन सन्तोष ओझाले गरेका थिए । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा सांग्रिलाका अध्यक्ष लायन दिलीप पंगेनी र सञ्चालन लायन राजीव पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया