प्रेस चौतारीलाई ज्याकेट

पोखरा । प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले ज्याकेट हस्तान्तरण गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।
प्रेस चौतारी नेपाल लेखिएक ती ज्याकेट आइतबारदेखि विराटनगरमा सुरू हुने संगठनको १० औं महाधिवेशनमा सहभागी हुनेलाई वितरण गरिने प्रेस चौतारी कास्की अध्यक्ष अधिकारीले बताए ।
महाधिवेशनका सहभागीलाई वितरण गरेर बाँकी ज्याकेट कार्यसमितिका पदाधिकारी र सदस्य, संगठनका सक्रिय सदस्यलाई वितरण गरिने सचिव अनुप पौडेलले बताए । प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष ईन्द्रप्रसाद पौडेलको नेतृत्वमा कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङको २६ जनाको टोली शनिबार विराटनगरतर्फ जाँदै छ । टोलीलाई नेकपा (एमाले) पोलिटब्युरो सदस्य जगत विश्वकर्माले शुभकामना दिएका छन् ।







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया