नेपाली कांग्रेस कास्कीका २ नेताको निधन

पोखरा । नेपाली कांग्रेस कास्कीका २ नेताको एकै दिन निधन भएको छ । नेपाल कांग्रेस, पोखरा २० का सभापति सु. तिलबहादुर गुरुङ र मादी ४ का पूर्वइकाई सभापति तथा क्षेत्रीय प्रतिनिधि रविकान्त सापकोटाको शुक्रबार निधन भएको हो ।
पोखरा २० का नेता गुरुङको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो । बिगत १ वर्षदेखि मृगौला र निमोनियाको उपचार गराइराखेका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रही काम गर्दै आएका थिए । सिद्धान्तप्रति निष्ठावान र सामाजिक व्यक्तित्वको छवि बनाएका उनी सामाजिक क्षेत्रमा क्रियाशील रही विभिन्न संघसंस्थाको महत्वपूर्ण जिम्मेवारीहरु निर्वाह गरिसकेका थिए । उनको शनिबार पोखराको जातीय परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
नेपाली कांग्रेस मादी गाउँपालिका ४ का पूर्वइकाई सभापति एवं नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सापकोटाको ६९ वर्षको उमेरमा निधन भएको हो । स्व. सापकोटाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लामो समयसम्म शिक्षण सेवा गरी निवृत्ति पश्चात् २०४६ सालदेखि नै नेपाली कांग्रेसको संगठन निर्माणमा निरन्तर लागेका थिए । उनको श्रीमती, १ छोरा र २ छोरीहरु छन् ।
पार्टीको आदर्श, सिद्धान्तप्रति निष्ठावान, कर्मशील र सांगठनिक व्यक्तित्व गुरुङ र सापकोटा निधनले पार्टीको संगठनमा गम्भीर क्षति पुगेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । शनिबार नेपाली कांग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी उनीहरुको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, दीवंगत आत्माको चिरशान्तिको कामनासहित शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया