एनसेलमा ‘सधैं अन रोमिङ’

काठमाडौं । आफ्ना ग्राहकका आवश्यकता पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष फाइदा गर्छ ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जिबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ ।
यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्दछ । भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६ सय एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाखसम्मको अस्पताल भर्ना र ओपिडी खर्च समेट्छ ।
करसहित १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधा, रोमिङ सेवा, र बिमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बिमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एस्ट्रिक१२३एष्ट्रिक७एष्ट्रिक६ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।
ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न सधैं अन रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल र मनोरञ्जनका लागि विकल्पहरूसहित ल्याइएको एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले बताए ।
यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उदेश्य राखेको छ । देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाका साथै थप रोमिङ सुविधासँग समायोजन गरी एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्दछ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया