बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ गण्डकीमा आह्वान सुवेदी

समाधान संवाददाता २०८१ चैत ८ गते १८:४३

पोखरा । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्षमा आह्वान सुवेदी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा १६ सदस्यीय समिति निर्वाचित भएको हो । उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा रामचन्द्र घिमिरे, सहसचिवमा रवीप्रसाद बराल, कोषाध्यक्ष ओम प्रकाश चापागाईं रहेका छन् ।

सदस्यमा किरण केसी, अनिल पाठक, ऋषिराम गौली, सुशील विक, सन्ध्या थापा, अमृत शर्मा, सावित्री शर्मा अर्याल, सगुन कुँवर कार्की, पिन्टु गुप्ता, कुशल गिरी र गणेश सडौला निर्वाचित भएका छन् ।

ओम्स नेपालका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, ओम्स नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वसन्तराज सिग्देल, ओम्स नेपाल केन्द्रीय उपाध्यक्ष राजन कार्की, केन्द्रीय सदस्यहरु बद्री अधिकारी, सबिन लामिछाने, सुमन गुरुङ, सलमान कार्की, महेश फुलारा लगायत सहभागी थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गण्डकी प्रदेश अध्यक्ष सुष्मा शाह, मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरे, निजी तथा भाडा संघ सस्था इकाई अध्यक्ष पिन्टु गुप्ता पनि कार्यक्रममा सहभागी थिए ।

Advertisement

कार्यक्रममा केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले संगठनका गतिविधि र आगामी कार्यक्रमहरु बारे प्रकाश पारे । जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले संघठनको आवस्यकता, नेपालको मजदुर आन्दोलनको इतिहास र श्रमिक वर्गको हक हित, रोजगारमा आधारित समामाजिक सुरक्षा र मजदुर हरुले अब गर्न पर्ने काम हरुको बारेमा प्रशिक्षण दिए ।

Advertisement

तपाईको प्रतिक्रिया