गोरखामा राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलन

समाधान संवाददाता २०८१ चैत ९ गते १८:०५

पोखरा ।

Advertisement

दक्षिण एशियाली ज्योतिष महासंघ नेपालको आयोजनामा राष्ट्रिय ज्योतिष, वास्तु एवं तन्त्र सम्मेलन गोरखामा भएको छ ।
नेपालभरका विशिष्ट ज्योतिषी, वास्तु एवं तन्त्रसँग सम्बन्धित विद्वान सहभागी सम्मेलनमा विभिन्न विषयमा प्रशिक्षण र ज्ञान आदान–प्रदान गरिएको थियो ।


सम्मेलन उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर र उपममेयर माया ठोकरले बोलेका थिए ।


ज्योतिष विषयमा डा. लोकराज पौडेल, वास्तु विषयमा डा. माधव मंगल जोशी तथा तन्त्र विषयमा डा. सहदेव विष्टले प्रशिक्षण दिएका थिए ।


दक्षिण एशियाली ज्योतिष महासंघले ज्योतिषी एवं वास्तुविज्ञ अमृत पौडेल, महासंघको गण्डकी प्रदेश अध्यक्ष विष्णुप्रसाद सुवेदी र कोषाध्यक्ष एवं केन्द्रीय सदस्य भवेश भट्टराईलाई ‘ज्योतिष अलंकार’ तथा ‘गोरखनाथ अवार्ड’ प्रदान गरिएकाे थियाे ।

Advertisement


दुई सत्रमा भएको कार्यक्रम डा. लोकराज पौडेल र सहदेव विष्टको सभापतित्वमा भएको थियो । कार्यक्रम सञ्चालन दक्षिण एशियाली ज्योतिष महासंघका महासचिव रविन पगेनी र अन्तर्राष्ट्रिय समिति सभापति आचार्य लक्ष्मण पन्थीले गरेका थिए ।
कार्यक्रममा सहभागीले गोरखाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइएको केन्द्रीय सदस्य अमृत पौडेलले जानकारी दिए ।

सम्मानित व्यक्तित्व अमृत पौडेल को हुन् ?

विगत आठ वर्षदेखि उनले विभिन्न राजनीतिक नेता, कलाकार, व्यवसायी, अस्पताल, विद्यालय तथा सर्वसाधारणलाई ज्योतिष तथा वास्तु परामर्श सेवा प्रदान गर्दै आएका छन् । हाम्रो पात्रोमा आवद्ध ज्योतिषी पौडेलले यसअघि पशुपतिनाथ अवार्डसहित विभिन्न सम्मान प्राप्त गरिसकेका छन् ।

उनले संस्कृत, ज्योतिष तथा वास्तु शास्त्रमा विशेष अध्ययन गरेका छन् भने अनलाइन माध्यमबाट विश्वभरका नेपालीलाई परामर्श सेवा दिइरहेका छन् ।

वाराणासीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट अध्ययन गरेका पौडेल विगत १२ वर्षदेखि ज्योतिष, वास्तु तथा रत्न विज्ञानको क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । हाल उनी फेस तथा रिङिड विधिमार्फत् पनि ज्योतिष परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

ज्योतिष क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सन् २०१८ देखि २०२४ सम्म पौडेललाई गोल्ड मेडलद्वारा विभूषित गरिएको छ ।

तपाईको प्रतिक्रिया