लेखापढी व्यवसायी जिल्ला समन्वय समितिमा जयलाल अधिकारी

पोखरा । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति कास्कीको दोस्रो अधिवेशनले जयलाल अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार पोखरामा भएको अधिवेशनले कार्यसमिति उपाध्यक्षमा खिमलाल बास्तोला, सचिव ऋषिराज आचार्य, कोषाध्यक्ष्य लक्ष्मी सुवेदी, सहसचिव बैकुण्ठ भण्डारी र सहकोषाध्यक्षमा हिरामणि अधिकारीलाई चयन ग¥यो ।
यस्तै, सदस्यमा सन्तोष सुवेदी, कमला दाहाल, कल्पना थापा, सविना गुरूङ, भोजराज भण्डारी, हरि गिरी, पुष्पराज तिवारी निर्वाचित भए । कार्यकाल ३ वर्षको हुनेछ ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सल्लाहकार रामप्रसाद अधिकारी थिए ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, गण्डकी प्रदेशका संयोजक सरोज देवकोटा, केद्रीय सचिव हरि शर्मालगायतले एसोसिएसनको उद्देश्यबारे प्रकाश पारेका थिए ।
एसोसिएसनको यसअघि पोखरास्थित इकाइ, लेखनाथ इकाइ र यातायात इकाइको अधिवेशन सम्पन्न भइसकेको छ । जिल्लामा २ वा सोभन्दा बढी इकाइ भएमा जिल्लामा एसोसिएसनको जिल्ला समन्वय समिति हुने विधानतः व्यवस्था रहेको जिल्ला समन्वयका संस्थापक अध्यक्ष खडानन्द लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया