पृथ्वीनारायण क्याम्पसमा मतगणना सुरु

पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्व वियु) निर्वाचनको मतगणना सुरु भएको छ।
सोमबार बिहान ९ बजेबाट मतगणना सुरु गरिएकाे निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।
आइतबार साँझ बसेको सर्वदलीय बैठकको निर्णयअनुसार क्याम्पसभित्रै गणना सुरु भएको छ। मंगलबार दिउँसो १२ बजेसम्म मतगणना सम्पन्न गरिने उनले बताए ।
आइतबार भएकाे मतदानमा २ हजार ८ सय ९७ जना सहभागी थिए । स्ववियु सभापति पदका लागि ८ जना प्रतिस्पर्धी छन्।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी र अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौँबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रुपमा कमल सुवेदी र विप्लवी न्यौपाने चुनावी मैदानमा छन्।









२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया