लोकतान्त्रिक अपांग संघ अध्यक्षमा माधव चम्लागाई

पोखरा । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
शुक्रबार सुरु भएर शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले खसेको ४ सय ७० मतमा ३ सय ५१ मत प्राप्त गरेका हुन्।
अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन्। यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३ सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३ सय ३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३ सय ४९ मत प्राप्त गर्दा पासवानले ३ सय ५५ मत पाएर निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापाको टिममा रहेर काम गरेका व्यक्ति हुन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया