हेमजामा व्यवसायिक तालिम केन्द्र स्थापना

समाधान संवाददाता २०८१ चैत १० गते १७:१७

पोखरा ।
शुभ अवसर ग्राम नेपालले महिलाको व्यवसायिक सिप विकास गर्न पोखरा महानगरपालिका २५ हेमजामा व्यवसायिक तालिम केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार विकास केन्द्रको उद्धघाटन गरेकी छन् ।

Advertisement


केन्द्रमा ३ महिने कम्प्युटर तालिम, ६ महिने सिलाइ कटाई र ब्युटी पार्लरको तालिम प्रदान गरिनेछ । एक वर्षमा ७० जनालाई कम्पुटर, २० जना सिलाइ कटाई र १० जना लाइ ब्युटी पार्लरको तालिम दिने संस्थाले बताएको छ ।


संस्थाकी निर्देशक अन्थोनिया सूसईले संस्थाले आन्तरिक तथा सीमापार मानव बेचबिखन प्रभावितहरुको संरक्षण गर्दै आएको बताइन् । संस्थाले काठमाडौँ, कास्की र रुपन्देहीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताइन् ।


वडा नम्बर २५ की कार्यवाहक अध्यक्ष तारा विश्वकर्माले केन्द्रमा झोलसाबुन बनाउने तालिम लिएको बताउँदै सुविधा सम्पन्न तालिम केन्द्र स्थापना भएकोमा खुसि व्यक्त गरिन् । सिप प्रदान गरि आर्थीक सशक्तिकरणमा योगदान पुग्ने उनको भनाइ छ । मिलिजुली आमा समूहकी अध्यक्ष सकुन्तला पहारीले पनि संस्थाबाटै झोल साबुन बनाउने तालिम लिएर उत्पादन गरि आम्दानी गरिरहेको बताइन् ।


उपमेयर गुरुङले महानगरले संस्गासँग सहकार्य गर्ने बताइन् । महिलाले व्यवसाय सञ्चालन गर्न ऋण प्रदान गरिने जानकारी दिइन् । पोखरा महानगरपालिकाकी सामाजिक विकास महासाखा प्रमुख निर्मला शर्माले तालिम केन्द्र स्थापन गर्न आर्थिक सहयोग गरेकोमा धन्यवाद दिइन् ।

Advertisement


संस्थाका उपाध्यक्ष कृष्णबहादुर बोगटीले संस्थाले जोखिम अवस्थामा रहेका महिला तथा किशोरीलाई निरन्तर सहयोग गर्ने र सम्पूर्ण सरकारी तथा अन्य सरोकार वालासँग सहकार्य गर्ने बताए ।


भिलेज अन्डर स्टार नामक फ्रान्सको अन्तराट्रिय गैर सरकारी संस्थाले आर्थिक सहयोग तालिम केन्द्रको स्थापना गरिएको हो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक विकाश ढुंगानाले गरेका थिए ।

तपाईको प्रतिक्रिया