अडिटर्स एसोसिएसनको अध्यक्षमा पाण्डे

पोखरा ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्की जिल्ला समितिको सातौँ अधिवेशनले गुणानिधि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले पाण्डेसहित १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा मधुमान कतिला, सचिवमा कृष्णप्रसाद ढुंगाना, सहसचिवमा छविलाल शर्मा तिमिल्सिना र कोषाध्यक्षमा झलकनाथ पौडेल चयन भएका छन् । सदस्यहरूमा नारायणप्रसाद द्वा, भगवान अघिकारी, गोपाल तिमिल्सिना, प्रेमलाल पाण्डे, बन्धुराज रेग्मी, रामप्रसाद तिवारी र दीपेन्द्र तिमिल्सिना चयन भएका छन् ।
निर्वाचन मण्डलमा केन्द्रीय उपाध्यक्ष बिलबहादुर भूजेल संयोजक, चन्द्रबहादुर थापा, लीला भट्टराई, रुद्रनाथ पौडेल र पदमबन्धु पोखरेल थिए । अधिवेशन उदघाटन समितिका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव गुणानिधि पाण्डेले गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य ८३ वर्षीय चिरञ्जीवी शर्मा अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परिषदमा निर्वाचित भएका परिषद् सदस्य (पार्षद) झलकमणि लम्साल, प्रदीपकुमार यादव, हरिबहादुर कार्की र भरतकुमार श्रेष्ठलाई बधाई ज्ञापनसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सचिव गुणानिधि पाण्डेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मधुमान कतिलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित गरिएको थियो ।
कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेल, विशेषज्ञ समिति संयोजक सूर्यप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष डा. डोलप्रसाद दाहाल, तृतीय उपाध्यक्ष तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पार्षद झलकमणि लम्साल तथा उपाध्यक्ष तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पार्षद प्रदीपकुमार यादव, उपाध्यक्ष बिलबहादुर भुजेल, बहादुरसिंह बिष्ट, केन्द्रीय उपमहासचिव तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पार्षदद्वय हरिबहादुर कार्की र भरतकुमार श्रेष्ठ, केन्द्रीय सचिव शिवराज बराल र गण्डकी प्रदेश अध्यक्ष पदमबन्धु पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया