ग्लोबल मनी वीकमा लुम्बिनी विकास बैंकको वित्तीय साक्षरता

समाधान संवाददाता २०८१ चैत १० गते २१:४७

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा आफ्ना बिभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । सन् २०१२ देखि आर्थिक सहयोग तथा विकास संगठनको संयोजनमा मनाउन शुरु गरिएको ग्लोबल मनी विकको तेह्रौं संस्करण यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको थियो ।

Advertisement

उक्त साताब्यापी कार्यक्रम मार्फत बैंकले करिब एक हजार युवा विधार्थीहरुलाई बैंकिङका बिभिन्न पक्षहरुका बारेमा जानकारी प्रदान गरेको थियो । बैंकका कर्मचारीहरुले अनुकरण गर्नु अघि सोच्नुस्, बुद्धिमानीपूर्ण लगानीले भोलि सुरक्षित बनाउँछ भन्ने नाराका साथ नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरु तथा स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त रुपमा आयोजना गरेका वित्तीय सचेतनामुलक प्रभातफेरी कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया