८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात
समाधान संवाददाता
२०८१ चैत ११ गते १५:१९

पोखरा ।
पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात गरिएको छ ।
यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ। गत वर्षको यही अवधीमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो ।
अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत, कतार, सिंगापुर, बंगलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरु ल्याउने गरिएको छ । सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया