जिएमसीमा निरन्तर मेडिकल शिक्षा

पोखरा ।
गण्डकी मेडिकल कलेज (जिएमसी) मा बिहीबार इथिक्स इन एक्सन, ब्रिजिङ मेडिसिन एन्ड ल शीर्षकमा निरन्तर मेडिकल शिक्षा (सिएमइ) कार्यक्रम भएको छ । कार्यक्रममा चिकित्सा नैतिकता र मेडिको–लिगल जिम्मेवारीबारे छलफल र सत्रहरू भएका छन् ।
मेडिको लिगल सोसाइटी अफ नेपाल र गण्डकी मेडिकल कलेजको फरेन्सिक मेडिसिन विभागको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । वर्तमान चिकित्सा अभ्यासमा अत्यावश्यक रहेको नैतिक सिद्धान्त, उचित मेडिकल रेकर्ड रखाइ र कानुनी पक्षलाई कार्यक्रममा समेटिएको थियो ।
देवदह मेडिकल कलेजकी डा शर्मिला गुरुङले चिकित्सा नैतिकताको समग्र अवस्थाबारे प्रकाश पारिन् । नेपाल मेडिकल काउन्सिलको कोड अफ एथिक्सबारे लुम्बिनी मेडिकल कलेजका डा आलोक आत्रेयले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा सृजना कुँवरले मेडिकल रेकर्ड–रखाइको महत्व, उत्कृष्ट अभ्यासका उपाय र सम्भावित त्रुटिहरूलाई उजागर गरिन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पंकजकुमार सिंहले मेडिकल नेग्लिजेन्सका सन्दर्भमा केस–स्टडीहरू, कानुनका उदाहरण र कर्तव्य र मापदण्डका बारेमा कार्यपत्र पेश गरे । मेडीको लिगल सोसाइटी अफ नेपाल अध्यक्षसमेत रहेका गण्डकी मेडिकल कलेजका फरेन्सिक विज्ञ डा नुवादत्त सुवेदीले नेपालको चिकित्सासम्बन्धी कानुन र चिकित्सकको जिम्मेवारीबारे धारणा राखे ।
गण्डकी मेडिकल कलेजका प्राचार्य तथा प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल सुपेरिटेनडेन्ट डा टुमाया घले, डा. नीलु हिरचन लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीले चिकित्सा नैतिकता, मेडिको लिगल जिम्मेवारी र कागजातिकरणका सर्वोत्तम अभ्यासबारे जानकारी पाएका छन् ।









‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया