राजावादीको आन्दोलनमा पत्रकार मारिएकामा देशभर विरोध

पोखरा । राजावादीको आन्दोलनमा पत्रकारको मृत्यु, हातपात र विभिन्न सञ्चार गृहमा भएको आक्रमणको नेपाल पत्रकार महासंघ कास्कीले विरोध गरेको छ ।
काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकको हिंसात्मक आन्दोलनमा परी एक पत्रकारको मृत्यु भएको थियो भने विभिन्न सञ्चारगृहमा आक्रमण भएको थियो । शुक्रबार भएको घटनाप्रति शनिबार नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको हो ।
प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो । केही पत्रकार घाइते भएका छन् भने केही सञ्चार गृहमा तोडफोड भएको छ ।
नेपाल पत्रकार महासंघसहित विभिन्न संघ, संस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् । सोही घटनाको विरोधमा महासंघ कास्कीले पोखराको सहिदचोकमा विरोध सभा गरेको हो । सभा अघि महासंघ, कास्कीको कार्यालय परिसरदेखि सहिदचोकसम्म विरोध र्याली पनि गरेको छ ।
देशभरका पत्रकारसम्बद्ध विभिन्न संघस, संस्थाले विज्ञप्ति जारी गरी सो घटनाको विरोध गरिरहेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया