वृद्धा बलात्कारपछि हत्या गर्नेलाई आजीवन कैद

समाधान संवाददाता २०८१ चैत १५ गते १८:२२

जोमसोम । मुस्ताङ जिल्ला अदालत स्थापनापछि पहिलो पटक एक जनालाई आजीवन कारावास सजाय भएको छ । जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा मुस्ताङ जिल्ला अदालतले ती व्यक्तिलाई यस्तो सजाय हुने फैसला गएको चैत १० गते गरेको हो ।

Advertisement

२०२६ मा स्थापना भएको मुस्ताङ जिल्ला अदालतले ५५ वर्षको अन्तरालमा पहिलो पटक यस प्रकारको सजायको फैसला गरेको हो । न्यायाधीश विद्याराज पौडेलको इजलासले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका बस्ने ४४ वर्षीय हिराबहादुर कामीलाई जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा आजीवन कारावासको सजाय हुने फैसला गरेको हो ।

कामी २०७९ चैत ३० गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । उनलाई ७ लाख रुपैयाँ जरिवाना समेतको फैसला भएको हो । यसका अतिरिक्त मुस्ताङ जिल्ला अदालतले प्रतिवादीबाट ६० लाख रुपैयाँ क्षतिपूर्ति वापत भराई लिन पाउने फैसला गरेको हो ।

Advertisement

अदालत स्थापनाको ५५ वर्षपछि पहिलोपटक जिल्लामा प्रतिवादी विरुद्ध जीवितै रहेसम्म (आजीवन) कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार दिव्यराज घिमिरेले जानकारी दिए । मुलुकी अपराध सहिंता २०७४ को दफा ४१ को उपदफा (च)मा जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा प्रतिवादीलाई जन्मकैंदको सजाय गर्दा जीवितै रहेसम्म कैंद गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था भए बमोजिम यस्तो सजाय भएको हो ।

२०७९ चैत २८ गते हिराबहादुर कामी जिउँदो कुखुरा र रक्सी लिई पीडित ७७ वर्षीया मुस्ताङ—पी २०८० को घरमा पुगेका थिए । बेलुकी पीडितसमेत निजका छोरासँगै रक्सी र मासु खाई राती सोही घरमा बसेका थिए ।

Advertisement

घटनाका पीडित मुस्ताङ—पी २०८० लाई सोही राति प्रतिवादी कामीले जबरजस्ती करणी गरी मनसायपूर्वक ज्यान मारेको र सोही रातमा उक्त घर छोडी फरार बनेका थिए ।

तपाईको प्रतिक्रिया