पोखरामा जारी वाडा अटो सोमा रक्तदान

समाधान संवाददाता २०८१ चैत १५ गते १८:३६

पोखरा । पोखरामा जारी वाडा अटो सोमा शुक्रबार रक्तदान आयोजना गरिएको छ । चैत १४ देखि अमरसिंहचौरमा जारी सोमा भएको रक्तदानमा ३५ जनाले रगत दान गरेको कार्यक्रम संयोजक छवि गौतमले जानकारी दिए ।

Advertisement

लायन्स क्लब अफ पोखरासँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको वाडा अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए । कार्यक्रममा लायन्सका पिडिजी योगेन्द्र प्रधान लगायतले पोखरामा अटो सो आयोजना हुनु राम्रो कामको सुरुवात भएको बताए ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा जारी अटो सो शनिबार सकिएको छ । अटो शोमा दर्शकको आकर्षण देखिएको प्रचारप्रसार संयोजक तथा वाडाका महासचिव विनय थापाले जानकारी दिए ।

Advertisement

अटो सोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीको पनि सहभागिता छ । हुन्डाईले इभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको छ । दुई पाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गरेका छन् ।

कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो सोमा छन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुका स्टल थिए । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको थियो । आर्थिक चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो सोले सकारात्मक योगदान गरेको आयोजकको विश्वास छ ।

Advertisement

तपाईको प्रतिक्रिया