पोखरामा एमालेको जागरण अभियानः मोटरसाइकल र्याली गर्ने

पोखरा ।
नेकपा एमाले कास्कीले आगामी चैत १८ गते पोखरामा जागरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार यस ¥यालीमा कम्तीमा २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पु¥याउने लक्ष्य राखिएको छ,’ सचिव लामाले भने ।
¥याली गर्दै पोखराका विभिन्न स्थानमा पुग्ने सचिव लामाले जानकारी दिए । प्रर्दशनी केन्द्र, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा, राष्ट्रबैंक चोक, सहीदचोक, लेकसाइड, हल्लनचोक, जिरी किलोमिटर, सृजनाचोक, सभागृहचोक, चिप्लेटुंगा, सिद्धार्थचोक, भैरबटोल, विन्दवासिनी, ट्याक्सीचोक, पिएन गेट, नदिपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंह चोकलगायतका स्थानमा ¥याली परिक्रमा गर्नेछ । एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ । ‘पछिल्ला राजनीतिक भ्रम चिर्दै, जनतामाझ हाम्रो एजेन्डा स्पष्ट बनाउने र पार्टीको संगठनात्मक संरचना बलियो बनाउने लक्ष्य लिएका छौं,’ सचिव लामाले भने ।
यस अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय संगठनहरू, युवा संघ, विद्यार्थी संघ, सम्पर्क कमिटीहरूलाई विशेष जिम्मेवारी तोकिएको छ । विशाल ¥यालीका कारण पोखराको सडक व्यवस्थापनलाई प्रभावित हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्ने योजना रहेको एमाले कास्कीले जनाएको छ ।
यस्ताे छ, र्यालीकाे रुट










चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया