एसइई दिएर बसेका विद्यार्थीलाई ‘वाडा अटो शो’मा प्रवेश निशुल्क

पोखरा । पोखरामा पहिलो पटक भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा अटो सोमा शनिबारसम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिएका छन् । आइतबार अन्तिम दिन पनि भएकाले एसइई दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रवेश निशुल्क गरिएको थापाले बताए ।
उनकै भनाइमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभी गाडीप्रति आगन्तुकको बढी चासो देखिएको छ ।
अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए । उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिङ गरेको बताए । यसै गरि अटो सोमा इभीका नयाँ फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिवर्तन चाहनेले इभी गाडी मन पराउने बताए ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया