भूमिहीनलाई जग्गाको मालिक बनाइन्छः गुरुङ

पोखरा । राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष बैनबहादुर गुरुङले आयोगले भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढाएको जनाएका छन् । नमुना टोल सुधार समिति पोखरा १७ द्वारा आयोजित कार्यक्रममा उनले नेपाली भएर पनि पुस्तौदेखि जग्गाको मालिक बन्न नसकेका भूमिहीन परिवारलाई जग्गाको मालिक बनाउनु पहिलो प्राथमिकता रहको उल्लेख गरे ।
‘आयोगले समाजका सुकुम्बासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेर एक पटक भूमिको मालिक बनाउनेछ,’ उनी भन्छन्, ‘कानुनी प्रक्रिया पूरा भएका २ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गर्ने तयारीमा आयोग जुटेको छ ।’
विगतका आयोगले अव्यवस्थित बसोबासीलाई महत्व दिएर एकै व्यक्तिलाई ठूलो परिणामको जग्गाको निस्सा प्रदान गरेको बताउँदै उनले त्यस्ता जग्गाका सम्बन्धमा छानबिन गरिने जनाए । प्रत्येक आयोगका अध्यक्षले अव्यवस्थित वस्तिमा आएर लालपुर्जा वितरण गर्ने आशा देखाए पनि अहिलेसम्म धेरैले जग्गाको मालिक नभई निधन भएको स्थानीयको गुनासोमा उनले प्रक्रिया मिलाएर जग्गाधनी पुर्जा वितरण गरिने प्रतिवद्धता जनाए ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज सुभाष ढुंगानाले पोखरा १७ रहेका ८ सुकुम्बासी बस्तीबात लालपुर्जा वितरण सुरुआत गर्न माग गरे । सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले नेपालमा श्रमजीवी वर्ग भूमिहीन रहेको बताउँदै श्रम गरेर जीविकोपार्जन गर्ने परिवारको नाउँमा घर जग्गा नहुदा डिलभिर र खोलाको छेउछाउको जोखिमयुक्त सार्वजनिक जग्गा पुस्तौदेखि बस्दै आएको जनाए ।
इलाका प्रहरी कार्यालय छोरेपाटनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर थापामगरले समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरी र स्थानीय समुदायिकको सामूहिक प्रयासको खाँचो औंल्याए । टोल सुधार समिति अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी दानबहादुर शाही, टोलका संस्थापक अध्यक्ष अमरसिंह ठकुरी, उपाध्यक्ष लोकवहादुर सेन ठकुरी, सुमना गुरुङ लगायतले भूमिहीनले समाजमा व्यहोर्दै आएका समस्याबारे बोलेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया