हेमजा युनाइटेडमा कृष्णमान

पोखरा । पोखरा–२५, हेमजामा स्थापित हेमजा युनाइटेडको शनिबार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले युनाइटेडको उपाध्यक्षमा इन्द्रबहादुर कुँवर, सचिवमा महादेव अधिकारी, कोषाध्यक्षमा नीराजन अधिकारी, सह–सचिवमा बसन्तराज अधिकारी, सदस्यहरूमा भेगबहादुर सापकोटा, ईश्वर सापकोटा, रामबहादुर सापकोटा, विवेक नेपाली, सौरभ कार्की, मधुसूदन बास्तोला, सीता नेपाली, बाबुराम दाहाल, मनोज त्रिपाठी र सुधीर थापा चयन गरेको छ ।
वडा नम्बर २५ हेमजाका सूचना अधिकारी ईश्वरीप्रसाद बास्तोला संयोजक तथा समाजसेवी भीमप्रसाद श्रेष्ठ र भोजराज पौडेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले खेलमार्फत हेमजालाई चिनाउन युनाइटेडको भूमिका महत्त्वपूर्ण रहेको बताए । खेलमैदानको स्तरोन्नतिका लागि वडा तथा महानगरको विगतझैँ निरन्तर साथ रहने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार एवं कास्की जिल्ला फुटबल संघ तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष जगतबहादुर थापा, सल्लाहकारहरू नवराज अधिकारी, भोजराज पौडेल, विशालजंग कुँवर, वडा नं. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिम्सिना, गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद पौडेल, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।
भेलाले सचिव सुनील गायकले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहनदत्त पौडेल (मणि) ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा भुर्तेल पौडेलले स्वागत मन्तव्य र सचिव सुनील गायकले सञ्चालन गरेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया