मादीको भानचोकमा लमतरी देवीको मन्दिर निर्माण
पोखरा ।
मादी गाउँपालिका वडा नम्बर १०, भानचोक गाउँमा अवस्थित लमतरी डाँडामा लमतरी देवीको भव्य मन्दिर निर्माण गरिएको छ। मन्दिर निर्माण भएपछि धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन्।
ईश्वरबहादुर गुरुङकाे नेतृत्वमा ३ कराेड लागतमा मन्दिरकाे निर्माण भएकाे हाे । नादा समाजको सक्रियता र स्थानीयको सहयोगमा मन्दिर निर्माण गरिएको हो। मन्दिरसम्म पुग्नको लागि मोटरबाटोको ट्र्याक खोलिएको छ, जसले भक्तजनलाई सहजता पुग्ने समाजले बताएको छ । पछि मन्दिरसम्मै मोटरबाटो पुर्याउने योजना छ।
लमतरी देवीको महिमा देशव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले नादा समाजले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ। पोखरा, काठमाडौं, युके लगायतका स्थानहरुमा लमतरी देवीको मन्दिर निर्माण गरिएको छ र त्यहाँ नियमित पूजाआजा हुने गरेको छ।
भानचोकका स्वर्गीय पतिराम गुरुङको अगुवाईमा पुरानो मन्दिर स्थापना भएको थियो । यहाँ हरेक वर्ष कार्तिक र चैत्र महिनामा विशेष पूजाआजा हुन्छ । कोल्मा वाह्रकोट श्यामु गुरुङको अगुवाईमा गैरीकाेट खडा गरी पूजा गर्ने चलन छ।
पोखरामा पनि मन्दिर स्थापना गरिएको समाजले जानकारी दिएको छ । २०११ सालमा पोखरामा बसोबास गर्ने भानचोकका म्राेजुग्याेँ लामाको भाई रामले चैत्र महिनामा पूजा गर्ने चलन सुरु गरेका थिए। मन्दिर निर्माणपछि यस क्षेत्रको धार्मिक महत्व अझै बढेको समाजको भनाइ छ।








लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
कृषि उद्यम र पुम्दीकोटको धार्मिक पर्यटन उचाल्ने चन्द्रकान्त बराल पोखरा रत्न
चिकित्सा सेवाबाट पोखरा रत्न बने डा. बुद्धिबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया