पोखरामा ट्रस्ट एजुकेसन फाउन्डेसनको नयाँ शाखा

पोखरा ।
पोखरामा उच्च शिक्षा परामर्श सेवा प्रदान गर्न ट्रस्ट एजुकेसन फाउन्डेसनले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विशेष गरी युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै फाउन्डेसनले पोखराको न्युरोडमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो । मंगलबार आयोजित कार्यक्रममा संस्थापक सरोज थपलिया तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

पोखरा शाखाका प्रमुख निर्मल चालिसेले अब विद्यार्थीहरूले युरोपेली देशहरूमा अध्ययन गर्न आवश्यक सम्पूर्ण परामर्श तथा प्रक्रियागत सहायता यही शाखाबाट पाउने जानकारी दिए । उनका अनुसार यदि भिसा नलागेमा परामर्शका लागि गरिएको सम्पूर्ण खर्च विद्यार्थीलाई फिर्ता गरिनेछ । ‘हाम्रो डकुमेन्टेसन प्रणाली नै त्यस्तो छ कि विद्यार्थीको भिसा सुनिश्चित हुने ठाउँमा मात्र हामी परामर्श दिन्छौँ,’ उनले भने ।
२०१४ मा स्थापना भएको ट्रस्ट एजुकेसन फाउन्डेसनले सुरूआती चरणदेखि नै यूरोप केन्द्रित परामर्श सेवा प्रदान गर्दै आएको छ । प्रमुख चालिसेका अनुसार ट्रस्टले विशेष रूपमा स्वीडेन, डेनमार्क, बेलायत, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स, बेल्जियम लगायतका देशहरूमा अध्ययन गर्न इच्छुकलाई परामर्श दिनेछ ।
‘पोखरामा शाखा विस्तार गर्नुको मुख्य उद्देश्य यहाँका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा परामर्श प्रदान गर्नु हो । अब पोखराका विद्यार्थीहरूले काठमाडौं वा अन्यत्र जानु नपरी यहीँबाटै उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन्,’ उनले भने ।
फाउण्डेसनले पोखरामा विदेशी विश्वविद्यालय भर्ना सहायता, भिसा परामर्श सेवा, आइएलटिएस र पिटिई कक्षा सञ्चालनमा ल्याएको छ । साथै, विदेश अध्ययनपछि उपलब्ध रोजगारी अवसर र व्यावसायिक भविष्यबारे प्रारम्भिक जानकारीसमेत प्रदान गरिने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया