‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलका क्रममा उहाँले वितरणमुखी नभई यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न सुझाउनुभयो । उहाँले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले उचित प्रतिफल नदिने बताउनुभयो ।
अर्थमन्त्रीले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी भएको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विप्रेषणलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो । रासस







फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया