पृथ्वीनारायण क्याम्पस स्ववियुमा समानुपातिक सदस्यको टुंगो

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको समानुपातिक सदस्यहरुको टुंगो लागेको छ ।
चैत १० गते भएको स्ववियु निर्वाचनको मतपरिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट ४, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट ३, अखिल क्रान्तिकारी, अनेरास्ववियू र प्राज्ञिक विद्यार्थी परिषद्का १/१ जना सदस्य निर्वाचित भएका हुन् ।
जसअनुसार अनेरास्ववियुबाट विक्रम क्षेत्री, सविना शर्मा, सौगात गिरी र सुशान्त अधिकारी समानुपातिक सदस्य बनेका छन् । नेविसंघबाट विवेक तिमिल्सिना, मानवराज बराल र नम्रता अधिकारी स्ववियु सदस्य बनेको निर्वाचन अधिकृत प्राडा. रामचन्द पोखरेलले जानकारी दिए । अखिल क्रान्तिकारीबाट मनिष तामाङ, अनेरास्ववियूबाट भुवनेश्वर तिवारी र प्राज्ञिकबाट सन्तोष शर्मा पौडेल सदस्य बनेको उनले बताए ।
स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ प्यानलै जितेको अनेरास्ववियुमा समानुपातिकतर्फ भने सदस्यहरु बाडिएका थिए । मतपरिणाम अनुसार समानुपातिकमा पनि अनेरास्ववियु नै लोकप्रिय बनेको थियो । १ हजार १९७ मत पाएको अनेरास्ववियुले समानुपातिकबाट ४ सदस्य, नेविसंघले ६९० मत प्राप्त गर्दै ३ सदस्य, अखिल क्रान्तिकारीले ३१२, अनेरास्ववियुले ३०५ र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले १४५ मत प्राप्त गर्दै १/१ प्राप्त गरेका हुन् ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया