गण्डकी नीति तथा योजना आयोगका २ सदस्यले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगका २ सदस्यले राजीनामा दिएका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त भएका दीपक भण्डारीले चैत १७ गते राजीनामा दिएका हुन् । तिम्सिना गत असार २१ गते र त्यसको १ महिनापछि भण्डारी नियुक्त भएका थिए ।
सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा दोस्रोपटक नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले सत्ताको साँचो दरिलो पार्न तत्कालीन समयमा समाजवादीबाट तिम्सिनालाई नियुक्त गरेका थिए । केन्द्रीय राजनीतिमा आएको फेरबदलपछि पनि मुख्यमन्त्री पाण्डेले प्रदेशलाई एमालेलाई त्यतिसारो वास्ता नगरी राप्रपाका दीपक भण्डारीलाई योजना आयोगमा ल्याएका थिए । एमालेले त्यतिबेलै मन अमिल्याए पनि बाहिर भने केही व्यक्त गरेको थिए ।
अहिले प्रदेशको विश्वविद्यालय र अन्य निकायहरुमा धमाधम नियुक्तिका बेला सत्ता साझेदार एमालेको दबाबमा मुख्यमन्त्रीले योजना आयोगका सदस्य फेर्न लागेका हुन् । सरकारले बाहिरिन संकेत गरेपछि दुवै सदस्यले एकैदिन राजीनामा बुझाएका हुन् ।
अब रिक्त ती २ पदमा कांग्रेस एमालेले भागबन्डा गर्नेछन् । महिला सदस्य कांग्रेसका भागमा परेको छ भने अर्को एक सदस्य एमालेको भागमा परेको छ । आयोगमा कम्तीमा १ जना महिला सदस्य अनिवार्य रहनेगरी गठनादेश बनाइएको छ । एमालेले सदस्यमा नियुक्त गर्ने नाम टुंग्याइसके पनि कांग्रेसबाट भने टुंगिन बाँकी छ ।
उपाध्यक्षमा मुख्यमन्त्री पाण्डेले गत जेठ १७ गते नै गोरखाका डा कृष्णचन्द्र देवकोटालाई दोहोर्याएका हुन् ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया