पाल्पाली समाजमा श्रीधरको नेतृत्व

पोखरा । पाल्पाली समाज पोखराको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अध्यक्ष श्रीधर पराजुलीको नेतृत्वमा नयाँ समिति चुनेको छ ।
अधिवेशनले आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्ष केशव नेपाल, उपाध्यक्ष अनुपमान कर्माचार्य, सचिव पदमप्रसाद पोखरेल, सहसचिव किरण पाण्डे र कोषाध्यक्ष सुनील अर्याल चयन भए ।
कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरिराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र निर्मला विक छन् ।
समारोहमा समाजका सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्वअध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल र निवर्तमान अध्यक्ष रेशम रचक थापालाई सम्मान गरिएको छ ।
उद्योगपति तथा पूर्वमन्त्री हरिसाद पाण्डेले अधिवेशन उद्घाटन गरे । उनले मातृसेवा प्रतिष्ठानमार्फत शैक्षिक छात्रवृत्तिको लागि समाजसँग सहकार्य गरेको बताए ।
कार्यक्रममा पाल्पाली संगम काठमाडौंका उपाध्यक्ष केशव आचार्य, अर्घाखाँची सम्पर्क समाज पोखराका अध्यक्ष दधिराम खनाल, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष रेशम थापा रचक, पूर्व अध्यक्ष जगदीश गौतम, पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष श्रीधर पराजुली, महासचिव सञ्जय आत्रेय लगायतले समाजले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको कामको चर्चा गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया