बिकास सबैको साझा एजेण्डा हुनुपर्दछ-मन्त्री अर्याल

समाधान संवाददाता २०७५ माघ १५ गते १८:०९

अर्जुन काफ्ले / स्याङ्जा
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बिकास सबैको साझा एजेण्डा हुनुपर्ने बताउनु भएको छ ।
भिरकोट ८ मा जन एकता बहुउदेश्सिय सामुदायिक भवन शुक्रबार शिलन्यास गर्दे मन्त्री अर्यालले बिकासमा पार्टी नहुने जिकिर गर्नुभयो ।
अहिले पार्टी खोज्दै हिड्ने बेला नभएको बताउदै मन्त्री अर्यालले समृद्ध नेपाल बनाउन जुट्ने बेला आएको बताउनुभयो ।
आफ्नो ठाउँको बिकास गर्न मिलेर जानु पने बताउदै मन्त्री अर्यालले जनता सबैको साझा भएकाले जन प्रतिनिधीले कित्ता बन्दी गर्न नहुने बताउनुभयो ।
समन्वयात्क ढंगले जनताका काम गर्नुपर्नेमा जोड दिनै मन्त्री अर्यालले हिजोको अभाबलाई कमि गर्न सकियो कि नाई हेर्ने बेला आएको बताउनुभयो ।
जनतालाई सुबिधा दिन सकेमा परिवर्तनको अनुभुति गर्ने बताउदै मन्त्री अर्यालले बेरोजगार र गरिबी देशको मुख्य समस्या भएको बताउनुभयो ।
बेरोजगारी समस्या समाधान गर्न कलकारखान खोल्ने, उद्यम सिलता बनाउने खालका काम सरकारले ल्याउने बताउदै मन्त्री अर्यालले सिप मुलक तालिम दिने, किसानलाई राहत प्रदान गर्नुपर्नेमा जोड दिुनभयो ।
कृषिमा आधुनिक र प्रबिधिको प्रयोग गर्नुपर्ने बताउदै मन्त्री अर्यालले समृद्ध नेपाल निर्माण गर्ने काम सरकारले गर्न थालेको बताउनुभयो ।
सरकार गठन भएको एक बर्षमा संघियताका धेरै कुरा बनाउन समय लागेको बताउदै मन्त्री अर्यालले संघियता नयाँ अभ्यास, ३ तहको परिकल्पना गरेकाले बिकास हुन नसकेको बताउनुभयो ।
दोस्रो आर्थिक बर्षबाट सरकार जनताको माझमा पुग्ने बताउदै मन्त्री अर्यालले बिकासको अनुभुति जनताले त्ययपछि पाउने बताउनुभयो ।
जनतालाई सबै चिज उति बेलै दिन नसक्ने र केहि समय लाग्ने बताउदै मन्त्री अर्यालले भन्नुभयो —“प्रतिक्षाको फल मिठो हुने छ । ”
आफु राजनिती गर्ने बेलमा गाउँमा बसेको स्मरण गर्दै मन्त्री अर्यालले भन्नुभयो —“गाउँका जनतको पिडा आफुलाई थाहा छ । ”
पर्वत र बिरुवा तर्फ जाने बाटो सके प्रदेश र नसके केन्द्रबाट पिच गर्ने बताउदै मन्त्री अर्यालले बिकास निर्माणमा कुनै कन्जुसाई नहुने बताउनुभयो ।
कार्यक्रममा भिरकोट नगरपालिका प्रमुख छायाँराम खनाल, शिक्षक रिम बिक, लगायतले मन्तब्य राखेका थिए ।
ढापुकमा १ बर्षको अवधीमा निर्माण हुने बहुउदेश्सिय भवनको गुरुङ् सस्कृति अनुसार शिलन्यास गरिएको हो ।
संसद बिकास कोषको २० लाख, नगरपालिका र स्थानिय श्रमदानमा ५७ लाखको लागतमा निर्माण गरिने छ ।
नगरपालिका सहित २५ लाख ५० हजार रकम अहिले रहेको बताउदै नगर प्रमुख छायाँराम खनालले नपुगेको रकम नगरपालिकाले प्रदान गर्ने छ ।
आधा रोपनीमा रहेको भवन तिन तलामा हल सहित ९ कोठा रहने खनालले जानाकारी दिनुभयो । मन्त्री अर्यालले भवन शिलन्यसको क्रममा क्रममा जोडी परेवा समेत उडाउनु भएको थियो ।
तस्बिर
भिरकोट ८ को जन एकता बहुउदेश्यि भवनको मन्त्री पदमा कुमारी अर्यालले शिलन्यास गर्दै ।
अर्जुन काफ्ले

तपाईको प्रतिक्रिया