शिक्षासेवी तारा बरालको निधन, पोखराले गुमायो एक शैक्षिक हस्ती

पोखरा । पोखराका शिक्षासेवी, लेखक तथा मानवअधिकारकर्मी तारानाथ बरालको शनिबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बरालको निधनले पोखरा र नेपाली शैक्षिक जगतले एक समर्पित मार्गदर्शक गुमाएको शिक्षासेवीहरूले बताएका छन्।
विसं २०१० साल असोज २१ गते कास्कीको मादी गाउँपालिका–तप्राङमा जन्मेका बरालले नेपाली शिक्षाक्षेत्रमा झन्डै चार दशक सक्रिय योगदान दिए । विसं २०३६ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस, बागलुङबाट अध्यापन सुरु गरेका उनी विसं २०७४ सालमा पृथ्वीनारायण क्याम्पसबाट सेवा निवृत्त भएका थिए ।
शिक्षण कार्यसँगै उनी शैक्षिक नेतृत्वमा पनि सक्रिय रहे । विसं २०४४ देखि २०५१ सालसम्म तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हालेका बराल मानव अधिकार संगठन कास्कीका पूर्वअध्यक्ष समेत हुन् ।
उनका केही पुस्तकहरू प्रकाशित छन् भने थुप्रै लेख, रचना तथा विचारमूलक सामग्रीहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। सरल, सहज र विनम्र स्वभावका बराल सर आफ्ना सहकर्मी, विद्यार्थी तथा सिंगो शैक्षिक समुदायमा लोकप्रिय थिए ।
उनको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै शिक्षाविद्हरूले पोखराले एक शैक्षिक धरोहर गुमाएको बताएका छन्।
उनकी पत्नी सरस्वती र ४ छोरी छन् । पत्नी सरस्वती अवकाशप्राप्त शिक्षक हुन् ।
दिंवगत बरालको शनिबार नै पाेखराको रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।









संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया