घाँसीकुवा भानुपार्क पुनर्निर्माण र सालिक प्रतिस्थापनको माग

पोखरा ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले तनहुँको व्यास नगरपालिका–१ स्थित ऐतिहासिक भानुपार्क पुनर्निर्माण र आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक पुनःस्थापना गर्न माग गरेका छन्।
मंगलबार जारी प्रेस विज्ञप्तिमा कुलपति बिखर्चीले नेपाली भाषा र साहित्यका महान् योगदानकर्ता भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै हाल पृथ्वी राजमार्ग विस्तारको क्रममा घाँसीकुवास्थित भानुपार्क भत्काइएको र सालिक हटाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
‘नेपाली भाषालाई सरल, सहज, सरस र शुद्ध तुल्याउँदै राष्ट्रिय एकीकरणमा योगदान दिने भानुभक्तको सम्झनामा निर्माण भएको पार्क र सालिक हटाइनु दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले घाँसीकुवास्थित भानुपार्क यथाशीघ्र पुनर्निर्माण गरी आदिकविको सालिक प्रतिस्थापन गरियोस्।’
भानुभक्त आचार्यले नेपाली रामायण, बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीता लगायतका काव्य कृति लेखेर नेपाली साहित्यमा मौलिकता र देशभक्तिको चेतना फैलाएको उल्लेख गर्दै विज्ञप्तिमा उक्त ठाउँलाई फेरि साहित्यिक आकर्षणको केन्द्र बनाइनुपर्ने माग गरिएको छ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया