सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल हुने, विजेतालाई एक लाख रुपैयाँ

पोखरा ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिका–१ सिक्लेसको टोल नम्बर १० को धप्राङ्गथर युवा परिवारको आयोजनामा आगामी चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने धप्राङ्गथर युवा परिवारका अध्यक्ष लिलबहादुर गुरुङले जानकारी दिए । उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ७÷७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन बिहीबार बेलुका ४ बजेसम्म टिम दर्ता गर्न सकिने प्रचारप्रसार संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगिता गाउँकै पार्चे रग्यो खेल मैदानमा हुने उनले बताए । स्थानीय प्रतिभाको पहिचान र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको हो ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया