पोखरामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु
समाधान संवाददाता
२०८१ चैत २७ गते १४:३९

पोखरा ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोक नजिकै आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
स्कुटरमा सवार पोखरा चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए। उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
उक्त स्कुटरकी चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया