मुस्ताङमा पुरुषको शव फेला

जोमसोम ।
मुस्ताङमा एक पुरुषको शव फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सीखोलास्थित प्रतीक्षालयमा बुधबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उक्त शव जाजरकोट जिल्लाको साविक लह–९ निवासी ६४ वर्षीय दत्तबहादुर बुढाको भएको घटनास्थलमा भेटिएको नागरिकता प्रमाणबाट खुलेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीले जानकारी दिए ।
यसअघि थासाङ–२, बोक्सीखोलास्थित प्रतीक्षालयमा शव देखिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कोवाङबाट टोली घटनास्थल पुगेको थियो । त्यससँगै प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट अर्को टोली पनि पुगेको थियो ।
प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान गर्दै मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जोमसोमको शवगृहमा राखिएको जानकारी प्रहरी निरीक्षक अधिकारीले दिए ।
उनका अनुसार मृतकका आफन्तसँग सम्पर्क गर्ने काम भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया