सहिद ऋषिराम सुवेदीको १७ औं स्मृति दिवस

पोखरा । नेकपा (एमाले) मादी गाउँपालिका कमिटीले २०६४ सालको संविधान सभाको निर्वाचनको क्रममा हत्या गरिएका सहिद ऋषिराम सुवेदीको १७ औं स्मृति दिवसको सन्दर्भमा बिहीबार शोकसभा गरेको छ । मादी ११ सैमाराङको राष्ट्रज्योति माविको मतदान केन्द्रमा बुथ एजेन्ट बसेका सुवेदीको फर्जी मत हाल्न रोकेको आरोपमा तोगीको भीरबाट लडाएर हत्या गरिएको थियो ।
पार्टीका स्थायी कमिटीका सदस्य खगराज अधिकारीले सहिदलाई सधैभरी सम्मानका साथ सम्झने बताए । निरंकुशता अन्त्यका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिले मुलुकका लागि लगाएको ऋण तिर्न नसकिने उल्लेख गर्दै उनले एमालेले आगामी चैत ३० गते गणतन्त्रको रक्षाको लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।
उनले राष्ट्रिय जागरण अभियानमा एमालेको नेतृत्वमा बनेको सरकारले गरेका राम्रा कामको प्रचार गर्ने उल्लेख गरे ।
एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले सहिद ऋषि सुवेदीको स्मरणका लागि सहिद स्मृति प्रतिष्ठान गठन गरेर काम गर्न सुझाव दिए । कास्कीका सबै सहिदको नाममा स्मृति प्रतिष्ठान गठन गरेको खण्डमा जिल्ला कमिटीले २५ हजारको सहयोग प्रदान गर्ने निर्णय गरेको जानकारी दिँदै उनले सहिद कृष्ण भुजेलको प्रतिष्ठान बनेर प्रक्रिया अगाडि बढेको बताए ।
शोकसभामा नेकपा (एमाले) मादी गाउँपालिका कमिटी अध्यक्ष सुवास सापकोटा, उपाध्यक्ष दिलबहादुर क्षत्री र सहिद परिवारको तर्फबाट नेत्र सुवेदीले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया