तयारी नपुगेकाले कांग्रेस महाधिवेशन पर सर्छ : प्रवक्ता महत

सिरहा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पार्नभएको हो ।
“महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवत्ता डा महतले भन्नुभयो, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।”
विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उहाँको भनाइ थियो । अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा महतले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा प्रवक्ता डा महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । रासस







निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
‘निर्वाचनको विकल्प छैन’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया