दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने
समाधान संवाददाता
२०८१ चैत २८ गते १६:०८

पाेखरा ।
काठमाडाैं तीनकुनेमा गत १५ गते भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई राज्यविरुद्धको अभियोगमा अनुसन्धान गर्न १२ दिनको म्याद थप गर्ने आदेश दिएको हो।
प्रहरीले शुक्रबार बिहान झापाको काकडभिट्टाबाट उनीहरुलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। आजै उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो।
तीनकुनेमा भएको प्रदर्शन प्रसाईंको नेतृत्वमा भएको बताइएको छ, जसमा दुई जनाको मृत्यु भएको थियो भने दर्जनभन्दा बढी भवन र सवारी साधनमा तोडफोड तथा आगजनी गरिएको थियो। घटनापछि फरार रहेका प्रसाईं सामाजिक सञ्जालमार्फत आफू काठमाडौंमै रहेको दाबी गर्दै आएका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया