बर्दियामा ५८ किलो चरेससहित पाँच पक्राउ

समाधान संवाददाता, बर्दिया
प्रहरीले बर्दियाबाट ५८ किलो चरेससहित पाँच जनालाई आइतबार बिहान पक्राउ गरेको छ।
गुलरिया नगरपालिका ७-स्थित भन्सार क्षेत्रबाट सो बराबरको चरेस बरामद भएको प्रहरीले जनाएको छ। बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारका अनुसार पक्राउ परेकाले बोकेको कालो झोलाभित्र प्लाष्टिकले बेरेर लुकाइराखेको अवस्थामा ५८ किलोग्राम चरेस बरामद भएको हो।
पक्राउ पर्नेमा पूर्वीरुकुम साबिक खबाङ गाविस-८ का ३४ वर्षीय राजकुमार पुनमगर, भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका-१ का २७ वर्षीय जुनतारा पुन, साबिक महत गाविस-२ घर भई हाल भुमे गाउँपालिका बस्ने ३४ वर्षीय सुनथामी बुढामगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस-९ हाल पुथा उत्तरगंगा गाउँपालिकाका २६ वर्षीया अस्मिता रामजाली र रोल्पा जिल्ला साबिक पाछाबाङ गाविस-८ हाल दुईखोली गाउँपालिका- ८ का २९ वर्षीय खिमप्रसाद रोकामगर छन्।
उनीहरूको साथबाट नगद बत्तीस हजार पाँच सय अन्ठान्नब्बे रुपैयाँ र पाँच थान मोबाइल सेट पनि बरामद भएको छ। उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया