बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु
समाधान संवाददाता
२०८१ चैत २९ गते १२:१६

पोखरा । मुस्ताङबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राति करिब १० बजेको समयमा रा१ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।
उनका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया